ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘इन्डिया–नेपाल डेभलपमेन्ट पार्टनरशिप कन्क्लेभ’ सम्पन्न

२०७९ माघ, १२  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘इन्डिया–नेपाल डेभलपमेन्ट पार्टनरशिप कन्क्लेभ’ सम्पन्न भएको छ । नेपाल–भारत कूटनैतिक सम्बन्ध तथा विकास साझेदारी ७५ वर्ष पूरा भएको अवसरमा सोमवार काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमार र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा नेपालमा आर्थिक वर्ष २०२२–२३ मा भारतले सीमा वारपार रेल, ऊर्जा, डिजिटल, विपद् राहत, स्वास्थ्य तथा शिक्षा पूर्वाधार निर्माण, जल व्यवस्थापन समेत विविध क्षेत्रमा सञ्चालन गरेका ७५ ओटा विकास साझेदारी परियोजनाको झलक देखाइएको थियो । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालका भूकम्प प्रभावित विभिन्न जिल्लामा स्वास्थ्य र शिक्षामा ४८ ओटा पुनर्निर्माण परियोजनाको पनि सोही अवसरमा भर्चुअल उद्घाटन गरिएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको लामो समयदेखि विकास सहकार्यको स्मरण गरे । भविष्यमा यो विकास सहकार्य अगाडि बढाउन प्रशस्त सम्भावना रहेको उनले बताए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले नेपालको विकासमा साझेदारी गर्न भारत सधैं तयार रहेको बताए । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको र यो रेलमार्ग नेपालको विकासमा ‘गेम चेञ्जर’ हुन सक्ने धारणा पनि उनले राखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)