ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सानिमा लार्ज क्याप फण्डको न्याभ बढ्यो, नाफा कति ?

२०७९ माघ, १२  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुस महीनामा बढेको छ । मङ्सिर मसान्तसम्म फण्डको न्याभ रू. ८ दशमलव ९० रहेकोमा पुस मसान्तमा बढेर रू. ९ दशमलव ७९ पुगेको छ ।

न्याभसँगै फण्डको नाफा पनि वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म रू. ९ लाख ६३ हजार रहेको फण्डको नाफा पुस मसान्तमा बढेर रू. १० करोड ७७ लाख पुगेको छ । 

मङ्सिर महीनामा फण्डको जम्मा आम्दानी रू. ९२ लाख ४५ हजार रहेकोमा पुस मसान्तसम्म वृद्धि भई रू. ११ करोड ७७ लाख पुगेको छ । पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको हो । 

म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छ । सोही कारण शेयरको बजार घटबढसँगै फण्डहरूको नाफा–नोक्सानलगायत न्याभमा असर परेको हुन्छ ।

फण्डले पुस मसान्तसम्म सूचीकृत शेयरमा रू. ६६ करोड ६९ लाख लगानी गरेको छ । यस्तो लगानी मङ्सिर मसान्तसम्म रू. ५९ करोड ४७ लाख थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)