ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आँधिखोला लघुवित्तको छैठौं वार्षिक साधारण सभा शुक्रवार, लाभांशसहित यी प्रस्ताव पारित हुने

२०७९ माघ, १२  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि शुक्रवार गर्दै छ । 

सभा होटल गाउँबेशीको सभाहल वालिङ–८ वालिङ, स्याङ्जामा बिहान ११ : ३० बजे शुरू हुने कम्पनीले जानकारी गराएको छ । सभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यो लघुवित्त कम्पनी एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा पुुस २८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभा भाग लिन र लाभांश पाउन योग्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)