काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका छन् ।
बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका हुन् ।
उनले निर्वाचनअघि उम्मेदवार र दलहरुले ‘न्यू मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने हो कि भन्ने त्रासदी भएपनि परिणाम त्यस्तो नभएको स्पष्ट पारे । निर्वाचन गराउन सरकारी संयन्त्रहरू प्रभावकारी देखिएको उनले उल्लेख गरे ।
उनले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरूलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनहरूलाई सच्याउनुपर्ने बताए ।