ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आत्मदाह प्रकरण : सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न आन्दोलनकारीको चेतावनी

२०७९ माघ, १२  
समाचार
Tvs Raider Image Not Found
तस्वीर : अनन्त्य सुन्दर/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरूको सम्बोधन गर्न माग गर्दै आज (बिहीवार) पनि शान्तिपूर्ण विरोध भएको छ । माइतीघर मण्डलामा आज पनि मृतक आचार्यले उठाएका मागहरू पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरूले शान्तिपूर्ण विरोध गरेका हुन् ।

उनीहरूले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरू छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको विरोध जनाएका छन् । 

प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरूले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो ? त्यो अवस्थामा कसले पुर्‍यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए । 

आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरूले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

आन्दोलनकारीहरूले संघ र प्रदेशमा गरी ८ जनाभन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए । उनीहरूले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरूलाई झनै समस्या पैदा गरेको बताए । 

उनीहरुले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरूले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरू फरक हुने बताए । 

उनीहरूले मृतक आचार्यले उठाएका मागहरू जायज रहेको र सरकारले औपचरिकता पूरा गर्ने नभइ मृतकले उठाएका मागहरूको उचित सम्बोधन हुनुपर्ने माग गरे । 

प्रदर्शनकारीहरूले ‘उद्यमशील नेपाल, नारा मात्र हो सरकार ?’, ‘गरिखाने की मरिजाने ?’, ‘भिसा देउ सरकार, खाडी जान्छु’, ‘दलालहरू होशियार’, ‘देशमै गरिखाने वातावरण बनाइदेउ सरकार’ लगायतका नारा लगाएर सरकारको विरोध गरेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)