ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

५ वर्षअघिको सुझाव कार्यान्वयनमा अघि बढ्दै निर्वाचन आयोग, ऐन संशोधन प्रस्ताव संसद्मा लगिने

२०७९ माघ, १२  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेश गर्ने तयारी गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानून लिएर संसद्मा जाने तयारी गरिएको बताए । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधनलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे । 

२०७४ सालको निर्वाचनपछि (५ वर्षअघि) आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ ओटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ ओटामा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभारको रूपमा रहेको स्पष्ट पारे । त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरूको योजना रहेको उनको भनाई थियो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दाबी गर्दै विभिन्न संस्थाहरूले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएकोे आधारमा सुधारका अन्य कार्ययोजनाहरू पनि तय हुँदै जाने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)