ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अब गाईभैंसीको गर्भ परीक्षण अत्याधुनिक भिडियो एक्सरे मेसिनबाट

२०७९ माघ, १२  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका अधिकांश दुर्गम जिल्लाका जनताले सामान्य स्वास्थ्य सेवासमेत नपाएर अकालमा ज्यान गुमाएका घटना हरेक दिनजसो सुनिन्छ । गर्भवती महिलाका पीडा त सुनिनसक्नु नै छ । जिल्लाका कतिपय अस्पतालमा गर्भ परीक्षणका लागि सामान्य एक्स–रे मेसिनसम्म नभएको तथा भएका स्थानमा समेत उपकरण नचल्ने घटना सामान्य नै हुन् । 

तर, नेपालमा पशुको गर्भ परीक्षणका लागि अत्याधुनिक भिडियो एक्स–रे मेसिनको प्रयोग गरिँदै आएको छ । विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यो व्यवस्था मिलाएको हो । 

आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत ईश्वरी खतिवडाका अनुसार आयोजनाले उपलब्ध गराएका यस्ता उपकरण मानिसको स्वास्थ्य परिक्षणकै लागि प्रयोग हुने उपकरण हुन् । 

यस्ता उपकरणले पशुको गर्भ परीक्षण मात्रै नभई अन्य प्रकारका परीक्षणसमेत गर्न सकिन्छ । ‘किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन हाल ५÷७ महिना नै कुर्नु पर्छ । व्यावसायिक किसानलाई कुनै पशु ५÷७ महीना कुर्नुपर्दा ठूलो नोक्सान हुन्छ,’ उनले भने, ‘यो उपकरणबाट एक–दुई महीनामा नै पत्ता लाग्ने हुँदा किसानको समय बचत हुन्छ ।’ 

जर्मनीबाट आयात गरिएका उपकरण प्रतिसेट ७ लाख रुपैयाँभन्दा बढी मूल्य खरिद गरेको आयोजनाले जनाएको छ । आयोजनाले ५२ थान मेसिन खरिद गरी देशका विभिन्न विज्ञ केन्द्र, पशु अस्पताल र विश्वविद्यालयलाई दिएको छ । 

आयोजनाबाट कृषकको गोठसम्म पुगेर सेवा दिनसक्ने ३७ अत्याधुनिक प्रविधियुक्त मेसिन वितरण गरिसकिएको छ भने १५ थान मेसिन वितरण प्रक्रियामा छ । हाल उक्त उपकरण सञ्चालनको लागि प्राविधिकलाई तालिमसमेत दिइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाले पशु चिकित्सकहरूलाई दुई चरणमा दिने गरी यही माघ ९ गतेदेखि गाईभैंसीको गर्भ परीक्षण तथा पशु प्रजनन् विकृति निवारणसम्बन्धी तालिम शुरू गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोग तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

६० पशु चिकित्सक सहभागी हुने तालिममा अधिकृतस्तरीय तालिममा प्रादेशिक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल सरकारका पशु प्रजनन फार्म, नेपाल प्रहरी केनाइन शाखा, नेपाली सेना तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू समेतको उपस्थिति छ । 

तालिममा गाईभैंसीको गर्भ परीक्षण, बाँझोपन निवारणलगायत विषयमा ज्ञान वितरण हुनेछ ।

विकसित राष्ट्रहरूमा पशुहरूमा अल्ट्रासाउण्ड मेसिनको प्रयोग दशकौंदेखि भइरहेको र नेपालमा पनि यसको आवश्यकता बढेकाले तालिम आयोजना गरिएको आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत डा. प्रवेश शर्माले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)