ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

टरिगाउँ एयरपोर्टमा सीता एयरले गर्‍यो परीक्षण उडान, जहाज नियमित हुने आशा

२०७९ माघ, १४  
लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ ।

शुक्रवार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । शुरुवातमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए । 
     
केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो ।सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतवरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए।

अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा व्यहोर्दै आएका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । 

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार उडान गर्ने गरेको छ । हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन । हाल दाङदेखि काठमाडौँको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौँदेखि दाङको भाडा न्यूनतम ९ हजार १० रुपैयाँ रहेको छ ।     
     
निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान गर्ने गरेको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)