काठमाडौं । यही माघ १५ गतेदेखी २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनिस्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) भारतको आयोजनामा ‘योङ सेफ ओलम्पियाड’ सञ्चालन हुँदैछ । उक्त प्रतिस्पर्धामा नेपालको तर्फबाट सु॥ान थापाले प्रतिस्पर्धा गर्ने भएका छन् । उनी एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी हुन् । कलेजले पत्रकार सम्मेलन प्रतिस्पर्धामा सहभागीताबारे जानकारी गराएको हो ।
यो कार्यक्रम सन् २०१५ बाट शुरू गरिएको हो। कार्यक्रममा ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ।
यस अघिको सिजनको प्रतिस्पर्धा इटलीले जितेको थियो । अहिले भने प्रतिस्पर्धामा फ्रान्स स्वीजरल्याण्ड, मेक्सिको, क्यानडा, बेलाएत्, स्पेन्, सिङ्गापुर, भारत लगाएत विश्वका ५८ ओटा राष्ट्र सहभागी हुनेछन् । प्रतिस्पर्धी धेरै भएपछि यो दिल्ली, बैंग्लोर, पुने, गोवा, हइदरावाद लगायतका शहरमा आयोजना गर्ने तयारी गरिएको छ ।
सन् २०२० मा नेपालको क्युलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्टका छात्रा शबी राजबाहकले बेस्ट हाइजेनिक अवार्ड र राइजिङ स्टार अवार्ड हात पार्न सफल भएकी थिइन् । सन् २०२१ मा यस कलेजका छात्र अभया लिम्बुले ६० रास्ट्रहरू मध्ये १० औं स्थान हाँसिल गर्दै वेष्ट किचन कट्स अवार्ड हासिल गरेका थिए ।
सन २०२२ मा यस कलेजका छात्र अजय पुनले बेष्ट हाइजिन प्राक्टिक्स पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने यसै कलेजका प्रशिक्षक सूर्य महतले सबैभन्दा राम्रो मेन्टरको उपाधी पाएका भएका थिए ।
यस पटक नेपालको प्रतिनिधित्व गर्दै यस कलेजका छात्र सुज्ञान थापाले प्रतिस्पर्धामा भाग लिँदै छन् । मेन्टरको भूमिकामा सेफ सूर्य महतनै प्रस्तुत हुँदैछन् । १८-२४ उमेर समूहका होटल व्यावस्थापनका विद्यार्थीले भाग लिन सक्ने उक्त प्रतिस्पर्धाका लागि गत अक्टोबरमा रजिस्ट्रेशन खुल्ला गरिएको थियो।
प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ ओटा समूहमा विभाजित गरिएको छ। उक्त बिभाजन अनुसार नेपाल प्रथम समूहमा परेको छ। उक्त्त प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’ लाई प्रचार र प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको उदघाटन २९ जनवरीमा हुनेछ भने नेपालले ३० जनवरीमा प्रतिष्पर्धा गर्नेछ। बिजेताहरू मध्य प्रथम, द्वितीय र तृतियले क्रमशस् स्वर्ण, रजत र कांस्य पदकका साथै ५,००० ३,००० र २,००० अमेरिकी डलर नगद पनि प्राप्त गर्नेछन् ।
प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्वबारे जानकारी दिन एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष अशेष महर्जनले युवा सफल भएमात्र रास्ट्र सफल हुने हुँदा पर्यटन होटल संचालनमा अब्बल जन शक्त्ती उत्पादन गर्ने उद्देश्यले सो प्रतिस्पर्धामा भाग लिन लागेको बताए ।
सो कार्यक्रममा मेन्टर सेफ सूर्य महत तथा प्रतिस्पर्धी विद्यार्थी सुज्ञान थापाले देशको नाम उज्ज्वल बनाउन हौसला प्राप्त भएको बताए । सो कार्यक्रममा वरिष्ठ सेफहरू सन्तोश शाह्, गोबिन्द नरसिंह केसी, रत्न बहादुर थापा, लक्ष्मण भण्डारी, बिक्रम थापा तथा भावी खनालले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा टिमुरु नामक पुस्तकका लेखक प्रशान्त खनालले पनि आफ्नो धारणा राखेका थिए ।
एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक कोर्सका साथ सञ्चालनमा आएको हो। उक्त कोर्सबाट अहिलेसम्म १००० भन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र करियर अगाडि बढाउन सहयोग पुगेको संस्थाको दाबी छ । उक्त कलेजले डिप्लोमा इन क्युलिनरी आर्ट्स (१ वर्ष), बिएचएम्(४ वर्ष), बिबिए (४ वर्ष), र एम बि ए (२ वर्ष) का कार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन-पfठन गराउंँदै आएको छ ।
९ वौं संस्करणको उक्त्त प्रतिस्पर्धाबाट विश्व सामु खानाको माध्यम बाट नेपाललाई चिनाउन ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले यसलाई अवसरको रुपमा लिएका छन् ।