ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सहकारीका अध्यक्ष र परिवारविरुद्ध ९ करोडको ठगी मुद्दा, 'सहकारीको जग्गा पनि परिवारका नाममा'

२०७९ माघ, १५  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । 

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्ने क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको रू. ८ करोड ४६ लाख ८९ हजार ६७८ थैली कायम गरी रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउन वा असुल उपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । 

कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरूले साविकमा भएको हिनामिना तथा बेरुजु असुल उपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुल उपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतमन प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो । 

कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुल उपरको प्रक्रिया अघि बढाउन भनिएको छ । साथै आवश्यक परे हिनाहिनाको मस्यौदामा दोषी भएका उपरसम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायत निर्देशन दिइएको छ ।

लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रू. ९ करोड ११ लाख १७ हजार ६७८ मध्ये सहकारी बैंकले धितो लिलाम गरेर रू. ८० लाख असुल उपर गरेको थियो । यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उहाँको परिवारका नाममा थप रू. १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । 

गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुल उपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । 

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । 

जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि बचतकर्ता रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिरिएको थियो । 

सहकारीको नाममा खरीद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । 

त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । 

सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरूको रू. सात करोडभन्दा बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । 

आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि सङ्घर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवम् बचतकर्ता धनीराम नछुङले बताए । 

चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नाराजुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)