ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विश्वव्यापी मन्दीको चेतावनी आइरहँदा प्रविधि क्षेत्रबाट मात्रै दैनिक ३ हजार ४०० को जागिर गुम्दै

२०७९ माघ, १५  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वव्यापी प्राविधिक जगतमा कर्मचारी कटौतीको सिजन सकिएको छैन । यो वर्ष माइक्रोसफ्ट र गूगल जस्ता ठूला कम्पनीहरु पनि यो सूचिमा थपिएका छन् । जनवरीमा दैनिक ३ हजार ४०० भन्दा धेरैलाई कामबाट निकालिएको छ । बर्खास्त भएका कर्मचारीहरुको तथ्यांक राख्ने साइट Layoffs.fyi का अनुसार जनवरीको अहिलेसम्मको अवधिमा २१९ प्रविधि कम्पनीहरुले ६८ हजारभन्दा धेरै कर्मचारीहरुलाई कामबाट निकालीसकेका छन् ।

सन् २०२२ भर भने  हजारभन्दा धेरै कम्पनीले  कूल १ लाख ५४ हजार ३३६ जना कर्मचारीलाई बर्खास्त गरेका थिए । गएको वर्षको कर्मचारी कटौती यो वर्ष पनि सरेको छ । यो वर्षको कटौती झनै गहिरो भएको छ । अधिकांश व्यवसायका अर्थशास्त्रीहरुले आफ्नोे कम्पनीले आगामी महीना कर्मचारी कटौती गर्ने भनेका छन् । नेशनल एशोसियशन फर बिजनेश इकोनोमिक्स (एनएबीई)ले सर्वेक्षणमा सहभागी भएका १२ प्रतिशत कम्पनीे आगामी तीन महीनामा कर्मचारी भर्ती बढाउने बताएका थिए ।

अघिल्लो सर्वेक्षणमा यो दर २२ प्रतिशत थियो । कम्पनीमा कर्मचारीको संख्या घट्ने अनुमान कोरोना भाइरसको महामारी भर्खरै शुरु भएको समययता पहिलो पटक बढेको छ । यो वर्ष विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने चिन्ता व्यापक छ । अहिलेको कर्मचरी कटौतीको सिजनमा माइक्रोसफ्ट र गूगल  जस्ता ठूला प्रविधि कम्पनी पनि जोडिएपछि दिनमै औसत ३ हजार भन्दा धेरै कर्मचारीले जागिर गुमाइरहेका छन् ।

एनएबीईको सर्वेक्षणमा सहभागी भएका आधा भन्दा धेरै विजनेश इकोनोमिष्टहरुले अर्थतत्र आगामी वर्ष मन्दीमा जाने जोखिम महसुस गरेको बताएका थिए । यसको अर्थ यो वर्षको कर्मचारी कटौती अघिल्लो वर्षको भन्दा पनि धेरै हुनेछ । गूगलले आफ्नै प्रायोजनमा कर्मचारीलाई ग्रिन कार्ड दिने कार्यक्रम बन्द गरेको छ । लिंक्डइनमा जागिर खोज्नेको संख्या बढेको छ । एजेन्सीहरूको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)