ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल राष्ट्र बैंकले रू. २१ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

२०७९ माघ, १५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि रू. ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ । 

त्यस्तै राष्ट्र बैंकले ९१ दिनको लागि रू.५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि रू.५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि रू.६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ १६ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)