ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइएमई लाइफले अधिकतम ७० रूपैयाँसम्म बोनस दिने 

२०७९ माघ, १५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमा लेखहरूको लागि न्यूनतम प्रतिहजार रू. २० देखि अधिकतम प्रतिहजार रू. ७० सम्म बोनसदर निर्धारण गरेको हो । कम्पनीले विभिन्न पाँच जीवन बीमा लेख जारी गरेको छ ।

कम्पनीले जारी गरेको बीमा लेखहरूमध्ये सावधिक तथा सामूहिक जीवन बीमा लेख र सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा लेखमा अधिकतम रू. ७० बोनसदर निर्धारण गरेको हो ।

दुवै बीमाअन्तर्गत ३० वर्ष वा सोभन्दा माथि अवधिको बीमा लेखमा कम्पनीले प्रतिहजार रू. ७० बोनसदर कायम गरेको हो । अधिकतम बोनसदर रहेको सावधिक तथा सामूहिक जीवन बीमा लेख १४६ र सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा लेख १० ओटा विक्री भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा लेखमा अधिकतम प्रतिहजार रू. ६३ बोनसदर निर्धारण गरेको छ । २५ देखि २९ वर्ष अवधिको बीमा लेखमा कम्पनीले अधिकतम बोनसदर निर्धारण गरेको हो । अधिकतम बोनसदर रहेको यो बीमा लेख ३७८ ओटा विक्री भएको छ ।

त्यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेख (बाल किरण) मा कम्पनीले अधिकतम प्रतिहजार रू. ६० बोनसदर निर्धारण गरेका छ । २५ देखि २९ वर्ष अवधिको यो बीमा लेखमा सबैभन्दा बढी बोनसदर निर्धारण गरिएको हो ।

अधिकतम बोनसदर रहेको यो बीमा लेख २ ओटा विक्री भएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेख सबैभन्दा बढी १५ देखि १९ वर्ष अवधिको १ हजार ७७ ओटा विक्री भएको छ ।

कम्पनीले धन सरिता नामक वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखसमेत विक्री गरेको छ । प्रतिहजार रू. २०  बोनसदर निर्धारण गरिएको यो बीमा लेख सम्पूर्ण बीमा अवधिका लागि निर्धारण गरिएको छ । कम्पनीका अनुसार हालसम्म यो बीमा लेख ११ हजार ७२४ ओटा विक्री भएको छ ।

कम्पनीले निर्धारण गरेको यी वोनस दर मृत्यू दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमा लेखमा समेत लागू हुने बताएको छ । आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि कम्पनीले निर्धारण गरेको यी नयाँ बोनसदर लागू हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)