ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सूर्यज्योति लाइफको बोनसदर अधिकतम ९० रूपैयाँसम्म

२०७९ माघ, १५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

यो कम्पनीअन्तर्गत साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७८/७९ को  मुनाफामा सरिक हुने गरी बोनसदर निर्धारण गरिएको हो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई गत कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् । 

साविक सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पाँच जीवन बीमा लेख विक्री गरेको छ । यी बीमा लेखमा न्यूनतम प्रतिहजार रू. ४० देखि अधिकतम रू. ९० सम्म बोनसदर तय गरिएको छ । 

कम्पनीले सावधिक बीमा लेख योजनामा ९ वर्ष अवधिसम्मको लागि रू. ४०, १० देखि १४ वर्ष अवधिसम्मको लागि रू. ४१, १५ देखि १९ वर्ष अवधिसम्मको लागि रू. ४५, २० देखि २४ वर्ष अवधिको लागि रू. ५४, २५ देखि २९ वर्ष अवधिका लागि रू. ६० र ३० वर्षभन्दा बढी अवधिको लागि रू. ७० बोनसदर कायम गरेको हो ।

त्यस्तै सावधिक तथा आजीवन बीमा लेखमा ९ वर्ष अवधिको लागि रू. ४०,  १० देखि १४ वर्ष अवधिसम्मको लागि रू. ४२, १५ देखि १९ वर्षसम्मको लागि रू.४६, २० देखि २४ वर्षसम्मको अवधिलाई रू. ५६, २५ देखि २९ वर्ष अवधिसम्मको लागि रू. ६० र ३० वर्षभन्दा माथिको अवधिको लागि रू. ७० बोनसदर निर्धारण गरिएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा लेखमा १० देखि १९ वर्ष अवधिसम्मको लागि रू. ४२, २० देखि २४ वर्ष अवधिको लागि रू. ५२ र २५ देखि २९ वर्षसम्मको लागि रू. ६० बोनसदर तोकेको छ ।

चौरासी पूजा नियमित भुक्तानी बीमा लेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि रू. ४५, १५ देखि १९ वर्ष अवधिको लागि रू. ५०, २० देखि २४ वर्ष अवधिको लागि रू. ५५, २५ देखि २९ वर्ष अवधिको लागि रू. ६५ र ३० वर्ष र सोभन्दा माथिको अवधिको लागि रू. ७० बोनसदर निर्धारण भएको छ ।

चौरासी पूजा एकल भुक्तानीअन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि रू. ७५, १५ देखि १९ वर्षको लागि रू. ८०, २० देखि २४ वर्षसम्मको लागि रू. ८५, २५ वर्षदेखि २९ वर्ष अवधि र ३० वर्ष भन्दामाथिको अवधिलाई रू. ९० बोनसदर निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले निर्धारण गरेको अधिकतम बोनसदरको बीमा लेख जम्मा दुईओटा मात्र विक्री भएको छ । पाँच जीवन बीमा लेखमध्ये सावधिक बीमा लेखअन्तर्गत प्रतिहजार रू. ४५ बोनसदर रहेको १५ देखि १९ वर्ष अवधिको बीमा लेख सर्वाधिक ८० हजार ४७४ ओटा विक्री भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)