ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जो प्रतिस्पर्धी भएपनि बालेनको विजयी जुलुसमा गए, उनकै नेतृत्वमा शुरू भयो बालेनविरुद्ध आन्दोलन

२०७९ माघ, १५  
समाचार
Tvs Raider Image Not Found
काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध माइतीघरमा प्रदर्शनका क्रममा भाषण गर्दै नागरिक अगुवा सुमन सायमी (बायाँ) । मेयरमा निर्वाचित भएपछिको विजयी जुलुसमा बालेन्द्र शाह र उनका प्रत्यासी सायमी । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ‘बालेन’ निर्वाचित भएपछिको विजयी जुलुसमा थिए उनकै प्रत्यासी सुमन सायमी । मेयरका प्रत्यासी नै विजयी जुलुसमा आएपछि त्यतिबेला बालेनका समर्थक अचम्म परेका थिए । विजयी जुलुसमा मात्रै होइन, सायमीले मेयर साहलाई निर्वाचित भएताकाका हरेक कदममा साथ दिए । 

तर, पछिल्लो समय उनी मेयर साहका कामकारबाहीप्रति सन्तुष्ट छैनन् । मेयर साहले मनपरीरूपमा डोजर चलाएको भन्दै उनी अहिले रुष्ट बनेका छन् । आइतवार काठमाडौंको माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनको नेतृत्व पनि उनैले गरेका थिए । 

मेयर साहले गैरकानूनी ढंगले महानगरपालिकाभित्र डोजर आतंक फैलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौंको आह्वानमा आइतवार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 

प्रदर्शनका क्रममा सायमीले मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैलाउने काम गरेको आरोप लगाए । त्यसो हुन नदिनका लागि खवरदारी गर्न प्रर्दशनमा उत्रिएको बताउँदै उनले जनतालाई दुःख दिने काम भइरहे सह्य नहुने चेतावनी दिए ।   

प्रदर्शनमा बोल्ने वक्ताहरूले मेयर साहलाई जनताको प्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न चेतावनीसमेत दिएका छन् । उनीहरूले गैरकानूनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् । 

प्रदर्शनकारीहरूले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर लगायतका नाराबाजी गरेका थिए । 

काठमाडौं महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)