काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय स्वतन्त्र फोटोग्राफर दुर्लभ रोय चौधरीसँग ट्राभल फोटोग्राफी सम्बन्धी एक दिने अन्तरक्रिया गरेको छ। आइतवार बिहान आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रौनियार लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले ट्राभल फोटोग्राफीका चुनौती, प्रविधि तथा सिकेका भोगेका आफ्नो अनुभवहरू सुनाएका थिए । उनले भारतका विभिन्न शहरहरू, अन्य देश भ्रमणका क्रममा तथा चाडपर्वहरूका समयमा खिचेका करीब २०० ओटा फोटोको बारेमा बताएका थिए ।
२४ वर्षीय भारतीय फोटोग्राफर चौधरी नेशनल जियोग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चार माध्यममा स्वतन्त्र फोटोपत्रकारका रुपमा कार्यरत छन् । सीएनएन, सोनी, नेशनल जियोग्राफीमा पनि उनका तस्वीर सम्मानित भइसकेका छन् ।
एनएफपिजेले बेला- बेला यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्दै संस्थाका सदस्यहरूको क्षमता वृद्धि गर्ने गरेको छ ।