ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रमको निर्वाचन : ‘भो शरम लाग्छ, नबोलौं’

२०७९ माघ, १६  
१० वर्ष अघि
Tvs Raider NA

प्रधानमन्त्री निर्वाचनको एघारौं शृङ्खलाको पटाक्षेप भएको छ । एक्ला उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलले १ सय ४ मत पाएर एघारौं पटक पराजयको सामना गरे । संविधानसभामा उपस्थितमध्ये ४० सभासद तटस्थ बसे । प्रमको अर्को निर्वाचन असोज २ गते आइतवारलाई तोकिएको छ । निर्वाचनको यो शृङ्खलालाई नेपालका बुद्धिजीवी र राजनीतिशास्त्री ‘ननसेन्स’ र ‘लज्जास्पद’ भनिरहेका छन् ।

प्रधानमन्त्रीको यो अन्त्यहीन निर्वाचनलाई प्रा. कृष्ण खनाल ‘ननसेन्स’ प्रक्रिया भन्छन् । नेपालका राजनीतिकहरूको यो प्रवृत्तिले मुलुकलाई नै लज्जास्पद स्थितिमा पुर्‍याएको बताउँदै खनालले भने, ‘अब त यो विषयमा कुरा गर्नै मन छैन, शरम लाग्छ । हामीले बोलेर के हुन्छ ? कसैले सुन्दैन, भो, केही नबोलौं, सरी ।’ उता संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य भने राजनीतिक दलहरूले जसरी भए पनि सहमतिमा नपुगी सुखै नपाउने बताउँछन् । नेपाली कांग्रेस पनि अन्तिममा सहमतिमा आउने पर्नेमा जोड दिँदै आचार्य भन्छन्, ‘प्रमको उम्मेदवारी फिर्ता लिनुभन्दा पहिले ठूला दलहरू सहमतिमा पुग्नैपर्छ ।’

वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)