ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्वत अस्पतालमा ‘डिजिटल एक्स–रे’ सेवा पुन: शुरू

२०७९ माघ, १६  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found

पर्वत । पर्वत अस्पतालमा ६ महीनाअघि रोकिएको डिजिटल एक्स–रे सेवा पुन: सञ्चालनमा आएको छ । अस्पतालको कम्प्युटेड रेडियोग्राफीको रिडर र प्रिन्टर दुवै बिग्रिएर ‘हाई एक्सपोजर’ आवश्यक पर्ने एक्स–रे सेवा बन्द भएको थियो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाड, खुट्टालगायत ठूलो हड्डीको एक्स रे गर्नका लागि हाई एक्सपोजर भएको उपकरण आवश्यक हुन्छ । एक्स–रेमा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि उनकै पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको डिजिटल एक्स–रे मेशिन पाएको हो । अब पर्वत अस्पतालमा आउने बिरामी एक्स–रे गर्नकै लागि पोखरा वा अन्यत्र जानु नपर्ने भएको छ ।

मन्त्रीको पहलमा मेशिन उपलब्ध भएको डा. अधिकारीले बताइन् । ‘मेशिन आपूर्ति गर्न छ महीनादेखि धाइरहेका थियौं,’ डा. अधिकारीले भनिन् ।

डिजिटल एक्स–रे मेशिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरेका हुन् । रू. १ करोड ४४ लाख मूल्य पर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलोपटक जिल्लामा आएको अवसरमा गत बुधवार अस्पताललाई हस्तान्तरण गरेका थिए ।

पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातओटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको आश्वासन थियो ।      पर्वत अस्पतालमा ५० शøया क्षमताअनुसार जनशक्ति र उपकरणको व्यवस्थापनमा सघाउन मन्त्री गिरीसँग आग्रह गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)