ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१० दिनमा दोस्रोपटक ४१ अंकले घट्यो बजार, तरलता सहज हुँदा पनि किन आयो ठूलो गिरावट ?

२०७९ माघ, १६  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो केही दिनदेखि स्थिर अवस्थामा रहेको शेयर बजारमा सोमवार भने ४१ दशमलव शून्य १ अंक घटेर बन्द भएको छ । पछिल्लो १० दिनमा दोस्रोपटक बजारमा ४१ अंकको गिरावट आएको छ । त्यसभन्दा अघि भने ५१ दिन अघि मात्रै बजारमा यत्तिकै ठूलो गिरावट आएको थियो ।

नेप्से परिसूचक २ हजार १२७ दशमलव ५२ विन्दुमा झरेको छ । बजारमा तरलता सहज हुँदा पनि शेयर बजारमा विक्रेता हाबी भएका छन् । छोटो समयमै २० प्रतिशत वृद्धि भएको बजारबाट अल्पकालीन लगानीकर्ताले राम्रै प्रतिफल हात पारे । लगानीकर्ताले बजार अझ नघटेसम्म खरीद गर्न नचाहेको देखिन्छ ।

यसो त निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर घटिसकेको छैन । महँगोमा ऋण लिएर जोखिम लिन नचाहेको एक लगानीकर्ताले बताए । लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेको देखिन्छ । मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन भएमा शेयर बजारको आगामी यात्रा सकारात्मक रहने जानकारहरू बताउँछन् । 

शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोला अहिले शेयर बजार राजनीतिक गतिविधिकै आधारमा चलिरहेको बताउँछन् । राजनीतिक घटनाक्रममा कारण लगानीकर्ताको मनोबल खस्किँदा बजारमा करेक्सन आउने गरेको उनको भनाइ छ । त्यस्तै छोटो समयमा उच्च अंकले बढेको बजारमा ट्रेडरहरूले नाफा बुक गर्दा पनि बजार घटिरहेको उनको भनाइ छ ।

त्यस्तै नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार १८०० विन्दुबाट २२०० विन्दुसम्म पुगेको बजारमा केहीले प्रोफिट बुक गरेपछि करेक्सन आएको हो । राजनीतिक घटनाक्रमले पनि लगानीकर्ता अन्यौलमा रहेको उनले बताए ।

तरलता सहज, ब्याजदर घट्दोक्रममा, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि आउने क्रममा रहेकोले सबै कुरा सकारात्मक भएमा भोलिका दिनमा बजारले लय समात्ने ढकालको दाबी छ ।

यस दिन कारोबारमा आएका २५६ धितोपत्रको ८८ लाख ३६ हजार ४८८ कित्ता ५७ हजार १२६ पटकमा रू. ३ अर्ब ३० करोड  बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य रू. ५०८ दशमलव ४० र आदर्श लघुवित्तको रू. १ हजार ४४९ दशमलव ३० पुगेको छ । 

सोमवार सबैभन्दा बढी युनाईटेड इदीमर्दी आरबि हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४७ दशमलव ९० पुगेको छ । त्यस्तै दोस्रोमा श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य ६ दशमलव ७१ प्रतिशत घटेर रू. ३८४ कायम भएको छ । 

यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. १७ करोड ६५ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१९ दशमलव ८० कायम भएको छ । त्यस्तै दोस्रोमा रिडी पावर कम्पनीको रू. १० करोड ४८ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक पनि घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक ३ दशमलव ६१ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)