ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेत्रज्योति संघद्वारा नेपालगन्जमा २ हजार ८६८ विद्यार्थिको निःशुल्क आँखा परिक्षण

२०७९ माघ, १६  
विविध स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल नेत्रज्योति संघले नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालको आयोजनामा बाँकेका विभिन्न ४ विद्यालयका दुई हजार ८ सय ६८ जना विद्यार्थिको निःशुल्क आँखा जाँच गरेको छ । 

अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकका अनुसार नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क आँखा जाँच शिविर कार्यक्रममा फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका २१४ जना र धम्बोझि माध्यामिक विद्यालयका १ हजार ८५० जना विद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको हो  ।

यस्तै दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।

विद्यालयमा पढ्ने विद्यार्थिहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थिहरुको विद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ । यस्तै संघले दृष्टिदोषको समस्या देखिएका विद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)