ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०२२ मा पनि टोयोटा सर्वाधिक अटो विक्रेता कम्पनी, एक वर्षमै बेच्यो १ करोड थान भन्दा बढी गाडी

२०७९ माघ, १६  
अन्तरराष्ट्रिय यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

टोकियो । जापानी बहुराष्ट्रिय अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन समूह विश्वको कार बजारमा सबैभन्दा धेरै सवारी साधन विक्री गर्ने कम्पनी बनेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार २०२२ मा विश्वभर समूहको विक्री १ करोड ४ लाख ८३ हजार २४ थान रहेको छ ।

यो अघिल्लो वर्षको भन्दा शून्य दशमलव १ प्रतिशत कम भएपनि अटो निर्माता कम्पनीहरुको दाँजोमा विश्वमै सबैभन्दा धेरै हो । चिप अभाव र कोरोना भाइरसको महामारीको प्रकोपका कारण घरेलु बजारमा टोयोटा र उसका सहायक कम्पनी समेतको  कूल विक्री घटेको थियो । तर गएको वर्षको विश्वव्यापी विक्री लगातार दोस्रो वर्ष पनि १ करोड थान माथि छ ।

कम्पनी कार विक्रीको आधारमा लगातार तेस्रो वर्ष पनि विश्वकै ठूलो अटो निर्माता कम्पनी बनेको छ ।  विश्वको अटो बजारमा सर्वाधिक अटो बेच्ने कम्पनीको सूचिको दोस्रो नम्बरमा जर्मन अटो निर्माता कम्पनी फक्सवागन एजी छ । २०२२ भर कम्पनीले विश्वभर कूल ८२ लाख ६२ हजार ८०० थान कार बेचेको छ । यो सन् २०२१ को भन्दा ७ प्रतिशत कम हो ।

जापानी बजारमा टोयोटा ग्रूपको उत्पादन र विक्रीमा उल्लेख्य कमी आएको थियो । तर सीमापार विक्री भने सुदृढ रह्यो । सीमापार बजार कम्पनीको उत्पादन र विक्री दुबै कीर्तिमानी उचाईमा उक्लिएको थियो । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)