ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

के तपाईं धेरै पटक ट्राफिक कारबाहीमा पर्नुभएको छ ? होस गर्नुस, २५९ जनाको लाइसेन्स नै निलम्बन !

२०७९ माघ, १६  
समाचार विविध र यो पनि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने  २ सय ५९ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभागमा पठाएको छ ।
ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोमवार २५९ लाइसेन्स निलम्बनको लागि यातायता व्यवस्था विभाग मिनभवनमा पठाएको हो ।

सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १-१ जना,  २३, २० र १६ पटक २-२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११-११ जना, १४ पटक ५ जना,  १३ पटक ९ जना,  १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना र ६ पटक ८१ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए । 

ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षीत यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)