ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेतबाँसका सामग्री बनाएर बजारको माग धान्न गाह्रो, सिङ्गापुरदेखि अष्ट्रेलियासम्म निर्यात

२०७९ माघ, १७  
बजार विविध
Tvs Raider Image Not Found

काठमाडौं । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुस्किल परेको छ । यी सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ ।

बाँसको चोयाबाट बनेका सामग्री बुन्ने शहीदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारको मागको आधा पनि आपूर्ति गर्न नसकेको बताउँछन् । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आएका ४० वर्षीया राईले नेपालका विभिन्न शहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आएका छन् । उनले गाउँमै सञ्चालन गरेको सुनिता बेतबाँस उद्योगबाट दैनिक १५० थान हाराहारी बाँसका सामग्री उत्पादन गरेर विक्री गर्दै आएका छन् ।

बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ । ‘काम गर्ने जनशक्ति नभएर मागेको जति पुर्‍याउनै सकिएको छैन,’ उनले भने, ‘बाँसको काम अलि गाह्रो भएर होला सबै विदेश गएर मान्छे पाइँदैन ।‘ स्थानीय तहहरूले बेtबाँस सामग्री उत्पादनका लागि दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ ।

विसं २०७८ मा १ लाख रुपैयाँको लागतमा स्थापना भएको राईको उद्योगले दैनिक तीनजनालाई रोजगारी दिएर ३० देखि ५ हजार रुपैयाँसम्मका पाँच सय प्रकारका बाँसका सामग्री उत्पादन गर्दै आएको छ । मासिक ६० हजार रुपैयाँसम्मको कारोबार गरेर ४० हजार रुपैयाँसम्म कमाइ गर्ने राईले यही पेशाबाट कमाएर मोरङको विराटचोकमा १० धुर जमिनसमेत जोडिसकेका छन् ।

त्यस्तै शहीदभूमि गाउँपालिका घर भई हाल धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योगका सञ्चालक चन्द्रप्रकाश राईले पनि कामदार अभावमा बजार माग पूरा गर्न नसकिरहेको जानकारी दिए । बजारमा दैनिक २ हजार ५०० थानभन्दा बढी माग भए पनि उद्योगले दैनिक आठ सयदेखि एक हजार थानसम्म बाँसको चोयाबाट बनेका सामग्री उत्पादन गरेर दिइरहेको उनले जानकारी दिए ।

‘सामान बनाउन सके बजारमा जति पनि बिक्छ तर के गर्नु काम गर्ने मान्छे पाइँदैन,’ उनले भने । विसं २०६८ मा २० हजार रुपैयाँ लगानीमा उद्योग स्थापना गरेका ४० वर्षीय राईले हाल काडमाडौं, भारत र जापान, सिङ्गापुर, अष्ट्रेलिया सामग्री पठाउने गरेको जनकारी दिए । दैनिक पाँच जनालाई रोजगार दिइरहेका राईले मासिक ७ लाख रुपैयाँसम्मको कारोबार गरी १ लाख ५० हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।

उनले बाँसको सामग्री बनाएर बेचेको कमाइबाट मोरङको बेलबारीमा ३५ लाख रुपैयाँ बराबरको घडेरीसमेत जोडेको बताए। सबैले उद्योग सञ्चालन गर्न नसक्ने र ज्यालामा काम गर्दा जीवनयापन नहुँदा बाँसका सामग्री बनाउने कामदार अभाव भएको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

आफ्नो कार्यालयले बाँसका काम गर्नेलाई पर्याप्त मात्रामा तालिम दिँदै आएको भए पनि वैदेशिक रोजगारीको आकर्षणका कारण यस क्षेत्रमा काम गर्नेको अभाव भएको उनको भनाइ छ । जिल्लामा हाल १७  बाँससम्बन्धी उद्योग रहेको विकास समितिको तथ्यांंक छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)