काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अदानीले उनका कम्पनीमा लगानी गरेका शेयरधनीहरुलाई कंगाल बनाएका छन् । विगत ५ दिनमा अदानी समूहका कम्पनीहरुको शेयर मूल्य ४६ प्रतिशतसम्म घटेपछि अदानी समूहको स्वामित्व भएका कम्पनीमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताको सम्पत्ति करीब आधाले घटेको छ ।
गएको बुधवार अमेरिकी वित्तीय कम्पनी हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता नै शेयर मूल्य ओरालो लागिरहेका छन् । सो रिपोर्ट आएयता अदानी समूहको सातओटै लिष्टेड कम्पनीको शेयरमा व्यापक कमी आएको छ । कम्पनीका शेयर रक्ताम्मे बन्ने क्रम जारी रहँदा अदानी अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचिमा खर्बपतिबाट अर्बपतिमा झरेका छन् । अदानी शीर्ष १० बाट पनि बाहिरिएका छन् ।
ब्लुम्बर्गको रियल टाइम इन्डेक्सअनुसार अदानीको नेटवर्थ आज ८ अर्ब २१ करोड डलरले घटेर ८४ अर्ब ४० करोड डलरमा झरेको छ । ब्लुम्बर्गका अनुसार जनवरी २३ मा १ खर्ब २० अर्ब डलर रहेको अदानीको नेटवर्थ आज ८४ अर्ब ४० करोडमा समेटिएको हो ।
अदानी टोटल ग्यासको शेयर लगातार लोअर सर्किटलाई छोएर ५ दिनमा ४६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता २ हजार १ सय आसपास आएको छ । अदानी इन्टरप्राइजेजको शेयर मूल्य विगत ५ दिनमा १२ प्रतिशतले घटेको छ । अदानी ग्रिन इनर्जीको शेयर मूल्य पनि यस अवधिमा ४० प्रतिशतको कमीसहित प्रतिकित्ता १ हजार १६९ रुपयामा झरेको छ ।
आज पनि अदानी इनर्जी रातोमा छ । अदानी विल्मर मंगलवार ५ प्रतिशत लोअर सर्किटमा छ । गएको ५ दिनमा यसमा ३ पटक लोअर सर्किट भएको थियो । यस अवधिमा कम्पनीको प्रतिकित्ता शेयर १५ प्रतिशतले घटेर ४६० रुपया आसपासमा आएको छ ।
अदानी पावरको हालत पनि खराब छ । बुधवार यताको ५ दिनमा कम्पनीको शेयरले तीन पटक लोअर सर्किट छोएको थियो । यस अवधिमा यसको भाउ प्रतिकित्ता १९ प्रतिशतले घटेको छ । अदानी ट्रान्समिशनको शेयर पनि यस अवधिमा प्रतिकित्ता ३८ प्रतिशतले घटेर १ हजार ७२८ रुपयामा आएको छ ।
अन्तरराष्ट्रिय रेटिङ कम्पनीले बैंकसँग मागे अदानीलाई कर्जाको विवरण
अदानी समूहका कम्पनीका शेयर मूल्य उच्च स्तरमा झरिरहँदा अन्तरराष्ट्रिय रेटिङ एजेन्सीहरुले बैंकसँग अदानीका कम्पनीलाई दिइएको कर्जाको विवरण मागेका छन् । भारतीय बैंकहरुले अदानीलाई करीब ८ खर्ब रुपया कर्जा दिएका छन् । रेटिङ संस्थाहरुले बैंकहरुसँग अदानी ग्रूपसँगको उनीहरुको एक्सपोजरबारे जानकारी दिन भनेका छन् । एजेन्सीको सहयोगमा