ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दै छ ?

२०७९ माघ, १७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको छ ।  

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले मंगलवारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३०८ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३८५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)