ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बगाले थापा कल्याणकारीद्वारा छात्रवृत्ति वितरण

२०७९ माघ, १८  
विविध
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुरको धापाखेलमा रहेको बगाले थापा कल्याणकारी परिषद्ले शैक्षिक सत्र २०७८/७९ को छात्रवृत्ति वितरण गरेको छ । परिषद्ले लमजुङ, भोजपुर र मोरङका गरी ७६ जना जेहेनदार, आर्थिक अवस्था कमजोर भएका एवं प्रतिभाशाली विद्यार्थीलाई रू. ३ लाख ३६ हजार बराबरको छात्रवृत्ति वितरण गरेको हो । सो छात्रवृत्तिमध्ये बगाले थापाका ३२ जना सन्ततिलाई ‘वंशकल्याण छात्रवृत्ति’स्वरूप रू. १ लाख ३२ हजार र अन्य जातिका ४४ सन्ततिलाई ‘सर्वकल्याण छात्रवृत्ति’स्वरूप रू. १ लाख ९४ हजार प्रदान गरिएको परिषद्का महासचिव लक्ष्मण थापाले बताए । परिषद्ले उक्त छात्रवृत्ति प्रत्येक वर्ष वितरण गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)