ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतको नयाँ बजेटमा मध्यमवर्गलाई राहत : वार्षिक ७ लाखसम्मको आम्दानीमा कर नलाग्ने

२०७९ माघ, १८  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले बुधबार संसदमा नयाँ बजेट पेस गरेकी छन् । उनले बजेटमार्फत व्यक्तिगत आयकरमा ५ ओटा ठूला घोषणा गरेकी छन् । 

नयाँ र पुरानो दुवै कर प्रणाली अनुसार कर तिर्नेलाई राहत दिँदै उनले बजेटमा वार्षिक ७ लाख भारतीय रुपया (भारु)सम्म आयआर्जन भएकाहरूलाई कर तिर्न नपर्ने व्यवस्था गरेकी छन् । 

मध्यम आय भएका करदातालाई राहत दिने हिसाबले यो निर्णय गरिएको उनले बताइन् । अहिले भने ५ लाखदेखि साढे ७ लाख भारुसम्म वार्षिक आम्दानीमा २० प्रतिशत कर लाग्ने गरेको छ । 

भारतमा आर्थिक वर्ष २०१४ देखि व्यक्तिगत आयकर दरमा परिवर्तन भएको थिएन । त्यसैले करदातालाई राहत दिलाउन करको दर घटाउन चर्को माग थियो । यसैलाई विचार गरेर सीतारमणले बजेटमा ७ लाखसम्म वार्षिक आम्दानी भएका करदाताले कर तिर्नु नपर्ने व्यवस्था गरेकी हुन् । अहिलेसम्म ५ लाख भारुसम्म आम्दानी गर्नेले मात्रै कर छूट पाउँदै आएका छन् । 

भारतमा आर्थिक वर्ष २०२० यता भारतमा दुई ओटा कर प्रणाली छन् । पहिलोलाई ओल्ड ट्क्यास रिजाइम भनिएको छ । आयकर विवरण बुझाउने प्रक्रिया सरल बनाउन नयाँ कर रिजाइम शुरु गरिएको थियो । अहिले दुवै प्रणाली यथावत् छन् । 

के छ नयाँ आयकर स्ल्याबमा व्यवस्था ?

–    ३ लाखसम्मको आम्दानीमा कर लाग्ने छैन । 

–    ३ लाखदेखि ६ लाखसम्मको आम्दानीमा ५ प्रतिशत कर लाग्नेछ । 

–    ६ लाखदेखि ९ लाखसम्म वार्षिक आम्दानीमा १० प्रतिशत कर लाग्नेछ । 

–    ९ लाखदेखि १२ लाख भारुसम्मको आम्दानीमा १५ प्रतिशत कर दर लागू हुनेछ । 

–    १५ लाखभन्दा माथिको वार्षिक आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ ।

पुरानो लागू कर दर र कर सीमा 

हाल लागू भएको कर व्यवस्था अनुसार २ लाख ५० हजार भारुसम्मको आम्दानीमा कर लाग्दैन । तर, वार्षिक साढे २ लाखदेखि ५ लाख भारुसम्मको आम्दानीमा ५ प्रतिशत कर लाग्ने छ । 

– ५ लाखदेखि साढे ७ लाख भारुसम्मको आम्दानीमा २० प्रतिशत कर । 

– साढे ७ लाखदेखि १० लाख भारुसम्मको आयमा २० प्रतिशत कर दर । 

– १० लाखदेखि साढे १२ लाख भारुसम्मको आम्दानीमा ३० प्रतिशत कर दर । 

– साढे १२ लाखदेखि १५ लाख भारुसम्मको आम्दानीमा ३० कर । 

– १५ लाखभन्दा माथिको वार्षिक आम्दानीमा ३० प्रतिशत कर दर ।

यसको साथै सितारमणले कर फिर्ता गर्ने प्रक्रियालाई सरलीकृत गरिने, आय कर विवरण भर्न नयाँ आयकर फारम जारी गर्नेलगायत घोषणा पनि गरेकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)