ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतको बजेट : कार, मोबाइल, टिभी सस्तो हुने, आयातित गरगहना महँगिने 

२०७९ माघ, १८  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बुधवार आर्थिक वर्ष २०२३/२४ को लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन् । 

उनले प्रस्तुत गरेको बजेटमा कार, स्मार्टफोन, टिभीलगायत वस्तुमा भन्सार महसुल घटाउने घोषणा गरेकी छन् । यसबाहेक बजेटमा केही वस्तुको आयातमा लाग्ने उपकर र करमा पनि कटौती गर्ने घोषणा भएको छ । 

'मेड इन इन्डिया'लाई टेवा दिन केन्द्र सरकारले क्यामराको लेन्स जस्ता केही पार्ट्समा भन्सार महसुल छूट दिने घोषणा गरेको छ । थप एक वर्षका लागि लिथियम ब्याट्री सेलका लागि कर छूट लम्ब्याइने बताइएको छ ।

हातेफोनको पार्ट्समा छूटबाहेक पनि टिभी उत्पादन बढाउन टिभी प्यानलको सेलमा कर घटाएर साढे २ प्रतिशतमा झारिएको छ । विद्युतीय सवारी साधन, साइकल, अटोमोबाइल पनि सस्तो हुने भएको छ । खेलौनामा लाग्दै आइएको कर घटाएर १३ प्रतिशतमा झारिएको छ । 

टेक्सटाइल बाहेकका आधारभूत भन्सार महसुल २१ प्रतिशतबाट घटाएर १३ प्रतिशतमा झारिनेछ । सुन र चाँदीको भन्सार महसुल बढाइएको छ । अर्थात् आयातित गरगहनाको मूल्य बढ्नेछ । 

विद्युतीय किचन चिम्निको भन्सार महसुल भने साढे ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍याइएको छ । घरेलु उत्पादन र व्यापारीहरूलाई टेवा दिन विदेशबाट आउने चाँदीका सामान, चाँदीका ढोकाहरूको पनि महँगो बनाइएको छ । सुनचाँदी र प्लेटिनम महँगो हुनेछ । यसबाहेक हीरा, सुन र चाँदीका भाँडाकुँडा महँगो हुनेछ । वित्तमन्त्री सीतारमणले चुरोटमा कर बढाउने घोषणा गरेकी छन् । चुरोटमा भन्सार महसुल बढाएर १६ प्रतिशतमा पुर्‍याइएको छ । यसले चुरोट महँगो बनाउने छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)