ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेवारी संस्कार : इटुम्बहालमा यसरी गरियो बालिकाको बेलविवाह [फोटो फिचर]

२०७९ माघ, १८  
विविध फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । दुलहीको भेषभूषामा सजिएका बालिकाहरू लहरै बसेका छन् । छेउमा उनीहरूका अभिभावक छन् । अघिल्लितिर पूजा सामग्री राखिएको छ ।  काठमाडौंको इटुम्बहालमा बुधवार यस्तै दृश्य देखियो । कारण थियो– बेल विवाह । बेलविवाहका कारण इटुम्बहालमा आज चहलपहल देखिन्थ्यो । 

इटुम्बहालमा नेवार समुदायका करीब ९० कन्याहरूले सामूहिकरूपमा बेलविवाह गरे । बेल विवाहका लागि आएकी ९ वर्षीया आलिया मर्हजनले खुशीसाथ विवाह गर्न आएको प्रतिक्रिया दिइन् । यति सानो उमेरमा विवाह भनी प्रश्न गर्दा मुसुक्क हाँस्दै भनिन्, ‘मेरो विवाह अहिले बेलसँग हुन लागेको हो ।’

नेवारी समुदायमा कन्याहरूको बेलविवाह गरिदिने प्रचलन छ । ५ वर्षदेखि ११ वर्षसम्मका कन्याहरूको बेलसँग विवाह गराउने परम्परा छ । इहिँ अर्थात् बेल विवाह नेवारहरूलाई अरू समुदायमाझ पहिचान गराउने एक विशेष संस्कार हो । यो संस्कार अरू जातिले अपनाउँदैनन् । 

नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ, तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । नेवार संस्कारअनुसार कन्याहरू रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्षमा) भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ । इहिँपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष)सँग विवाह हुन्छ। 

इहिँ गर्ने बालिका दिनभरि व्रत बसेर बेललगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्छन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुन्छ । नेवार समुदायमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । नेवार समाजमा बेलविवाह प्रायः सामूहिकरूपमा गर्ने चलन छ । त्यसैले विशेषतः बहालहरूमा सामूहिकतामा जोड दिने चलन छ । 

यसै अनुरुप इटुम्बहाल महिला समूह (इतुंबहाः मिसा पुचः)ले यस वर्ष मंगलवार र बुधवार गरेर सामूहिक बेलविवाह कार्यक्रम सम्पन्न गरेको छ । 

तस्विर: सुनिल शर्मा / आर्थिक अभियान

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

    

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)