ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, २ अर्बमुनि झर्‍यो कारोबार रकम

२०७९ माघ, १८  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लगातार चार दिन घटेपछि पाँचौं दिन बुधवार नेप्से परिसूचक ४ दशमलव ९७ अंक बढेर २ हजार ११६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

दिनभरिको कारोबारलाई हेर्दा घटेको बजारमा खरीदकर्ता आए पनि अल्पकालीन कारोबारीले प्रोफिट बुक गरेका छन् । सोही कारण बजार माथि जान सकेन । छोटो समयमा बजार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।

प्रोफिट बुक गरिबसेका लगानीकर्ता अझै सस्तोमा शेयर खरीद गर्ने दाउमा बसेको देखिन्छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन ।  सोही कारण दिनदिनै कारोबार रकमसमेत घट्दै गएको छ । 

एकै दिन रू. ७ अर्ब बराबरको शेयर खरीदविक्री भएको बजारमा बुधवार रू. १ अर्ब ७६ करोडको मात्र कारोबार भएको छ । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले असर पार्ने गर्दछ । पछिल्लो समय राजनीतिक अस्थिर रहेको छ । सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

यसो त वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाउनु जरुरी देखिन्छ । 

यस दिन कारोबारमा आएका २६१ धितोपत्रको ५० लाख २४ हजार ३८१ कित्ता ३६ हजार ८७९ पटकमा रू. १ अर्ब ७६ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ७५३ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ दशमलव २८ प्रतिशत बढेर रू. ६८० पुगेको छ । 

बुधवार एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव ७४ प्रतिशत घटेर रू. ७ दशमलव ४७ कायम भएको छ । त्यस्तै दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशत घटेर रू. ७५० मा झरेको छ । 

बुधवार नेपाल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ९३ लाख बराबर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६९ कायम भएको छ । दोस्रोमा रिडी पावर कम्पनीको रू. ४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)