ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कामदार लुटिनुको कारण विप्रेषण संयन्त्रको अभाव

२०७९ माघ, १९  
१० वर्ष अघि
Tvs Raider NA

जनताले आफ्नो देशबाहिर गएर कमाएको पैसाले धानिएका विप्रेषण संयन्त्र संसारमा धेरै वटा छन् । अझ छिमेकी देशको अर्थतन्त्र ठूलो छ भने त्यसको उल्लेख्य लाभ लिने मेक्सिकोजस्ता मुलुकहरू पनि छन् । नेपाल र भारतको आर्थिक–सामाजिक सम्बन्धमा पनि नेपालले त्यस्तो लाभ पाउनुपर्ने हो । तर, दुर्भाग्यवश जति लामो  नेपाल र भारतबीचको सम्बन्ध छ उति नै लामो इतिहास नेपाली कामदारहरू सीमामा लुटिनुको पनि छ । यसको मूल जरो भारतबाट नेपालतर्फ आउने विप्रेषणका लागि संयन्त्र स्थापना नहुनुमा छ । जोडिएको मुलुक भएका कारण नै आर्थिक अभाव भएका नेपालीहरू मजदूरी गर्न भारततर्फ जान बढी रुचाउँछन् । यसमा पश्चिम नेपालका मजदूर अधिक रहेका छन् । भारतका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका शहरमा नेपालीहरू मजदूरी गर्दै आएका छन् । कमभन्दा कम ज्यालामा काम गर्न बाध्य यी मजदूरहरू नै बढी मात्रामा सीमा नाकामा लुटिँदै आएका छन् । पछिल्लो पटक भारतको गौरिफण्टा नाकाबाट स्वदेश फर्किंदै गरेका नेपालीहरू भारतीय प्रहरीबाटै लुटिएका छन् । उनीहरू भारतका विभिन्न शहरमा मजदूरी गरेर दशैं मनाउन घर आइरहेका थिए ।

सीमामा बस्ने भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा मजदूरहरूसँग भएका पैसा तथा अन्य सामानसमेत लुट्दा पनि नेपालतर्फका सुरक्षाकर्मी भने केही गर्न नसक्ने अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो । भारतीय सुरक्षाकर्मीले अनाहकमा सोझासीधा नेपालीलाई दुःख दिने परम्परा नै बनिसकेको छ ।

(सम्पादकीयबाट)
वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)