ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अदानी इन्टरप्राइजेजद्वारा एफपीओ विक्री रद्द गर्ने घोषणा, 'लगानीकर्ताको रकम चाँडै फिर्ता गर्छौं'

२०७९ माघ, १९  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं। हिडेनबर्गको प्रतिवेदन एकाएक सार्वजनिक भएपछि भारतीय खर्बपति व्यापारी गौतम अदानीको अदानी इन्टरप्राइजेजले फलोअन पब्लिक अफरिङ (एफपीओ )विक्री रद्द गरेको छ ।

उसले बुधवार आफ्नो २० करोड रुपयाको एफपीओ विक्री फिर्ता लिने घोषणा गरेको हो । अदानी इन्टरप्राइजेजले २० हजार करोड भारुको एफपीओ गत शुक्रवारदेखि दलाल स्ट्रिटमा विक्री खुलाएको थियो। तर पनि अदानी इन्टरप्राइजेजको उक्त शेयरमा अन्तिम दिनसम्ममा शतप्रतिशत आवेदन परेको थियो। एफपीओ रद्द गर्ने घोषणा अमेरिकाको शर्टसेलिंग कम्पनी हिडेनबर्गको रिपोर्ट एकाएक सार्वजनिक भएपछि आएको हो ।

कम्पनीले चाँडै नै लगानीकर्ताको रकम फिर्ता गरिने पनि बताएको छ । कम्पनीले एफपीओबाट आर्जन गरेको रकम अडानी इन्टरप्राइजेज लिमिटेड र यसका सहायक कम्पनीहरूको ऋण चुक्ता गर्न प्रयोग गरिने बताउँदै आएको छ । अदानी इन्टरप्राइजेजका अध्यक्ष अदानीले बजारमा  देखिएको असाधारण परिस्थितिपछि एफपीओ रद्द गर्नुपरेको बताएका छन् । 

हिडेनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अदानी समूहका शेयरमूल्य पछिल्लो एक सातादेखि लगातार घटिरहेका छन्। अदानी समूहले उक्त प्रतिवेदनलाई निराधार भन्दै आएको छ तर पनि लगानीकर्ताको मनोबल भने केहिदिन यता डगमगाइरहेको स्थिति छ । पछिल्लो पाँच कारोबार दिनमा समूहको दोस्रो बजारमा सूचीकृत सात ओटा कम्पनीको सामूहिक बजार पूँजीकरण ७ लाख करोड रुपयाले घटेको छ ।

हिन्डेनबर्गको प्रतिवेदनको नतिजाले विश्वव्यापी ध्यान अदानी समूहप्रति खिचेको छ। गत हप्ता फोर्ब्सको धनी सूचीमा तेस्रो स्थानमा रहेका अदानी अहिले विश्वको आठौं स्थानमा ओर्लिएका छन्। एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)