ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गुहेश्वरी मर्चेण्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

२०७९ माघ, १९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीवार रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरेकाले आज बिहीवार आर्थात् माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । सभा  गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)