ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निष्क्रिय कर्जा बढेसँगै घट्यो धौलागिरी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी ?

२०७९ माघ, १९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ८३ प्रतिशत घटेको छ । गत आवमा रू. २ करोड १४ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिसम्म रू. ३४ लाख ९९ हजारमात्र कमाएको छ ।

चालू आवमा कम्पनीको निष्क्रिय कर्जा र ब्याज खर्चमा वृद्धि भएको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ७५ रहेकोमा चालू आवमा ७ दशमलव ६९ पुगेको छ । त्यस्तै कम्पनीको ब्याज खर्च गत आवमा रू. ३ करोड ९८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ६७ लाख पुगेको छ ।

त्यस्तै चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. १ करोड ६७ लाख छुट्याएकोमा चालू आवमा रू. २ करोड ६० लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १ करोड १० लाख ऋणात्मक रहेको छ । 
कम्पनीको चुक्तापूँजी रू. १० करोड ३१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ६ करोड ४७ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ५४ करोड ९६ लाख सापटी र रू. ६८ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७९, मूल्य आम्दानी अनुपात २०३ दशमलव २४ गुणा, तरलता अनुपात ७ दशमलव ९८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ८० रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)