काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले आईपीओ निष्कासन गर्दै छ ।
कम्पनीले ५ लाख कित्ता आईपीओ निष्कासन गर्न गर्न कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ ।
सम्झौतामा कम्पनीकोे तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र क्यापिटलको तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
मोरङको सुन्दरहरैचा–९ मोरङ, विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले विगत २३ वर्षदेखि आफ्नो उत्पादन नेपाली बजारमा आपूर्ति गर्दै आएको छ । कम्पनीले हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत लुब्रिकेन्ट विक्री गर्दै आएको छ ।
yo lube oil vanne co. le k kam garne rahexa ?