ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गृहमन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक रवि लामिछानेले खोले मुख

२०७९ माघ, १९  
समाचार विविध
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नागरिकता प्रकरणको फैसलापछि गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछानेले पहिलोपटक मुख खोलेका छन् । उनले आफू विरुद्ध केही भन्न बाँकी र लेख्न बाँकी भए लेखिहाल्न भन्दै सामाजिक सञ्जलालमार्फत मुख खोलेका हुन् ।

शुक्रवार अदालतले नयाँ नागरिकता लिनुपर्ने फैसला गर्दै पुरानो नागरिकताबाट धारण गरेका सबै सार्वजनिक पद अमान्य हुने फैसला गरेको थियो । आइतवार लामछिछाने नयाँ नागरिकता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद फिर्ता लिएका थिए । लगत्तै उपप्रधान तथा गृहमन्त्री पद पनि फिर्ता मागेको उनीमाथि आरोप लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको पूर्ण फैसला नआउँदासम्म लामिछानेलाई पुनः गृहमन्त्री नबनाउने अडान  लिएपछि लामिछाने बालुवाटारदेखि बालकोटसम्म धाइरहेका छन् । यसै विषयलाई  लिएर सञ्चारमाध्यमले उनको टीकाटिप्पणी गरेपछि लामिछानेले अरू पनि केही भन्नु र लेख्नु भए  लेख्न भन्दै सामाजिक सञ्जालमा लेखेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)