काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ गरिएको जानकारी दिए ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रवार जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो । रासस