ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नारायणीको बहाव कम भएपछि सुरक्षा चिन्ता

२०७९ माघ, २०  
बागमती प्रदेश
Tvs Raider NA

नवलपुर । नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । अहिले नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भंगालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्् ।

चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भंगालोतर्फ सोझिएको छ । नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरीशिकार गर्नेलाई निकुञ्ज प्रवेश सहज हुने भएकाले सुरक्षा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरीले बताए । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)