ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘साना उद्यमीलाई प्रविधिमैत्री बनाउँछौं’

२०७९ माघ, २०  
कोशी प्रदेश
Tvs Raider NA

विराटनगर । प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योगी व्यवसायी र उनीहरूका उत्पादनलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले वातावरण तयार पार्ने बताएका छन् । विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्र बजार प्रवर्द्धनको अवसर पाएको भन्दै उनले साना उद्यमीहरूलाई पनि ई–कमर्समा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पुर्‍याइने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजनामा बुधवार विराटनगरमा भएको ‘साना उद्यमी सदस्यका लागि विद्युतीय सचेतना’ कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरू पछि पर्दै गएको बताए ।

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरूलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाको भनाइ थियो । कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डीबी बस्नेतले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रूपमा बजारमा पुग्ने बाटो तयार हुने बताए ।

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेसनसिप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरीकाले अघि बढाउन सहयोग पुगेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)