ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सौराहामा १७औं फुड फेष्टिवलको तयारी

२०७९ माघ, २०  
बागमती प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । सौराहामा १७औं ‘सौराहा फुड फेष्टिवल’को तयारी शुरू भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाले प्रणय दिवसको अवसरमा हरेक वर्ष फुड फेष्टिवल आयोजना गर्दै आएको छ ।

फेष्टिवल माघ २९ देखि फागुन २ गतेसम्म  हुनेछ । फेष्टिवल भव्य बनाउन आयोजक रेबान सौराहाले तयारी तीव्र पारेको छ । फेष्टिवल सञ्चालनका लागि मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति पनि लिइसकेको छ । जिल्ला प्रशासन कार्यालयको हालै कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै रेबान सौराहाका व्यवसायीले फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए । व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी पौडेललाई फेष्टिवलको महत्त्व बुझाउँदै चितवनको पर्यटन विकासमा पर्ने प्रभावबारे पनि जानकारी गराए ।

रेबानका अध्यक्ष नरेश गिरीको नेतृत्वमा फेष्टिवलका संयोजक ध्रुव गिरी, रेबानका पूर्वअध्यक्षहरू सुवासचन्द्र गौतम, राजन भट्ट, गोकर्ण गिरी, उपाध्यक्ष कपिल पोखरेल, महासचिव सूर्यबहादुर रिमाल, सदस्य कुमार जोशीलगायत व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेरै फेष्टिवलमा सुरक्षा व्यवस्थापनका लागि आग्रह गरेका हुन् ।

फेष्टिवल नजिकिँदै गर्दा व्यवसायीले सौराहालाई सजाउन थालेका छन् । प्रणय दिवस मनाउन चाहने विवाहित तथा प्रेममा बाँधिएका जोडीलाई उपयुक्त वातावरण बनाउँदै पर्यटन विकास गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको रेबानका अध्यक्ष गिरीको भनाइ छ ।

‘सडकमै खाऔं र सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना हुँदै आएको फेष्टिवलमा हात्तीचोकदेखि गैंडाचोक हुँदै बगरसम्म र मल्लुचोकबाट गैंडाचोकसम्मको क्षेत्रमा पर्यटकलाई सडकमा रमाउन सक्नेगरी तयारी गरिएको गिरीले बताए । फेष्टिवलले सौराहाको पर्यटन विकाससँगै यहाँका मौलिक संस्कृति र परम्परागत खानाको समेत प्रवर्द्धन गर्ने रेबानका महासचिव सूर्यबहादुर रिमालले बताए । पछिल्लो समय देशमा आर्थिक गतिविधि सुस्त भइरहेका बेला फुड फेष्टिवलले चितवनको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले आशा गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)