ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल बैंकर्स संघको कार्यसमितिलाई परिसंघको स्वागत

२०७९ माघ, २०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल उद्योग परिसंघले नेपाल बैंकर्स संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । संघको नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बिहीवार कार्यक्रम आयोजना गर्दै परिसंघले मुलुकको अर्थतन्त्रबारे पनि छलफल गरेको हो ।

संघका अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको बताए ।

उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि आभार व्यक्त गर्दै कर्जाको ब्याजदर घटाउन पहल गर्न पनि आग्रह गरे । मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले प्रोभिजनविना ऋणको पुन:संरचना, पुनर्तालिकीकरण गरी सहयोग गर्नुपर्ने उनको भनाइ थियो । संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनको योजनाबारे जानकारी गराए । परिसंघले दिएका सुझावहरू कार्यान्वयनमा सहयोग गर्ने अध्यक्ष केसीको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)