ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विराटनगरको विकासका लागि समन्वय गर्छु : अमेरिकी राजदूत

२०७९ माघ, २०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोगका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।

शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको राजदूत थम्सनले बताए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति पनि चासो राखेका थिए । साथै खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या र मानव बेखबिखनका बारेमा पनि जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार थम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबानको समस्या रहेको जानकारी उनले गराए । विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । साथै प्रदेश–१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत उनले बताए । दूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै उनले दूतावासका तर्फबाट पनि सम्पर्क अधिकारी तोकिदिन आग्रह गरे ।

उपमेयर कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरको विषयमा अवगत गराएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)