ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पाँचौं पुष्प मेला माघ २५ देखि

२०७९ माघ, २०  
कोशी प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

धरान । पुष्प व्यवसाय प्रवर्द्धन गर्न प्रत्येक वर्ष आयोजना हुँदै आएको पुष्प प्रदर्शनी तथा व्यापार मेला आगामी बुधवार (माघ २५ गते)देखि हुने भएको छ । धरानमा हुने मेलाको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

विगत ५ वर्षदेखि हुँदै आएको प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला माघ २५ गतेदेखि २९ गतेसम्म धरानस्थित पब्लिक स्कुलको खेल मैदानमा हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीले जानकारी दिएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा खरीदविक्रीका लागि ५ सयभन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिने मेलाका संयोजक रामकुमार राईले बताए । उनका अनुसार मेलामा स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिइनेछ ।

प्रदर्शनीमा ५० ओटा स्टलमा ५०० भन्दा बढी प्रजातिका बिरुवाहरू हुनेछन् । मेलामा ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ७० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान छ । मेलामा मौसमी, आलंकारिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बीउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा विक्री गरिनेछ ।

प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी छन् । वार्षिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । प्रदेश १ मा यो व्यवसायमा ४० करोड रुपैयाँको लगानी छ । मेलामा धरान उपमहानगरपालिकाको सिफारिशमा प्रत्येक वडाका तीन जनालाई सयपत्री फूल उत्पादनसम्बन्धी प्रशिक्षण समेत दिइनेछ । बैंकबाट सहुलियत दरमा ऋण पाउन सके प्रविधियुक्त बेर्ना बिरुवा हुर्काउन ग्रीन हाउस भित्र्याउन सकिने र फूल आयात न्यूनीकरणमा त्यसले टेवा पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)