ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सामसङ ग्यालेक्सी एस–२३ सिरिजका फोनको प्रि–बुकिङ खुल्यो

२०७९ माघ, २०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा सामसङ ग्यालेक्सी एस–२३ सिरिजका फोनको प्रि–बुकिङ खुलेको छ । ग्यालेक्सी एस–२३ सिरिजको फोन आधिकारिक प्रि–अर्डर वेबसाइट वा नजिकको सामसङ स्टोरबाट गर्न सकिनेछ । उक्त फोनको प्रि–अर्डर अफर फेबु्रअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने सामसङ नेपालले बताएको छ ।

‘सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस–२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरू सेट गर्दै छ,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी एस–२३ प्राप्त गर्न इच्छुक उपभोक्ताहरूले प्रि–अर्डर गर्न सक्नुहुनेछन् ।’ उक्त फोन किस्ताबन्दीमा पनि किन्न सकिने कम्पनीले बताएको छ । मासिक ६ हजार ४ सय रुपैयाँबाट शुरू हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको छ । यो फोनमा एक वर्षका लागि एकपटकको ब्रेकेज बीमा पनि रहेको बताइएको छ ।

‘सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्तालाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ । जस्तै, यसले परिवर्तनकारी एआईका रूपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)