टोकियो । जापानी बहुराष्ट्रिय अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अकीओ टोयोडा कम्पनीको कार्यकारी अध्यक्ष बनेका छन् ।
उनले अध्यक्षको पदभार अप्रिल १ देखि लागू हुने गरी सम्हालेका हुन् । कम्पनीको सीईओे भने मुख्य ब्रान्डिग अधिकारी कोजी सातो बनेका छन् । टोयोटा ने हालै जारी गरेको प्रेस नोटमा कम्पनीको बरिष्ठ पदाधिकारीमा फेरबदल गरेको उल्लेख छ ।
कम्पनीका संस्थापक किइचिरो टोयोडाका नातीसमेत रहेका ६६ वर्षिय टोयोडाले सन् २००९ मा सीईओको पदभार सम्हालेका थिए ।यसअघि कम्पनीको अध्यक्षमा ताकेशी उचियामादा थिए । तर उनी कम्पनीको सञ्चालक समितिको बोर्ड सदस्य भने कायमै रहने छन् ।
विश्वको अटो बजारमा सर्वाधिक अटो बेच्ने कम्पनीको सूचीमा टोयोटा रहेको छ । एजेन्सी