ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बिपिडब्लु लघुवित्तले आइतवारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने

२०७९ माघ, २०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतवार अर्थात माघ २२ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

पछिल्लो समय सर्वसाधारणमा जारी गरिने कूल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेपछि मात्र सर्वसाधारणमा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू ९७ लाख  बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कूल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरिनेछ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  
त्यस्तै सर्वसाधारणमा भने फागुन १८ गतेदेखि आईपीओ विक्री खुला हुनेछ ।  
सर्वसाधारणमा जारी हुने शेयर छिटो अवधि फागुन २३ गतेसम्म रहेको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि  चैत २ गतेसम्म विक्री लम्बिने कम्पनीको भनाई छ । तर, सर्वसाधारणमा आईपीओ विक्री खुला हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा कम्पनीको आईपीओ पनि छिटो अवधि फागुन २३ गतेसम्म मात्र विक्रीमा रहने सम्भावना देखिन्छ । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)