ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइतवारदेखि २ करोडभन्दा बढी अवितरित हकप्रद शेयर विक्री गर्दै एचआईडिसिएल

२०७९ माघ, २०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले यसअघि वितरण नभएको संस्थापकतर्फको शेयर आइतवारदेखि पुनः विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो । 

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लिखित शेयर पुनः विक्री गर्न लागिएको हो । 

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उपसमूहमा रहने कम्पनीको भनाइ छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ । 

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको उल्लिखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । रू. ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्यरूपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)