ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शुभम पावरको आईपीओमा १८.६३ गुणा बढी आवेदन, आइतवारसम्म आवेदन दिन पाइने

२०७९ माघ, २०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओमा मागभन्दा १८ दशमलव ६३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३३ सम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकले ८९ लाख ८१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओका लागि आगामी आइतवार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।  

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणका लागि विक्री गरिने शेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत थप भएको छ । कूल कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९, स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)