ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कोहिनुर हिल हाउजिङको आवासीय भवन लिलामीमा, सिलबन्दी पेश गर्न आह्वान     

२०७९ माघ, २०  
समाचार घरजग्गा
Tvs Raider Image Not Found
सांकेतिक चित्र

काठमाडौ । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम विक्री गर्ने भएको छ ।     
     
 कोेषले शुक्रवार एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो ।  कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरीदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ ।

कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ । कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा १ हजार रुपैयाँ जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ ।

पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति विक्री गरेर ऋण असुली गर्न लागेको बताएको छ ।    यसअघि असारमा पनि सञ्चय कोषले लिलाम विक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो ।

हाउजिङ कम्पनी लिलाम विक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि विक्री भने हुन सकेको थिएन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)