ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

 ५ ट्याक्टर तरकारी सडकमा फालेर सरकारलाई प्रश्न : साना किसानको आँसुले पोल्दैन ?  

२०७९ माघ, २०  
बागमती प्रदेश समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि चितवनका कृषकहरुले सडकमा तरकारी फ्यांँकेर  प्रदर्शन गरेका छन् । आयातित तरकारीले नेपालमा उत्पादित तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले विभिन्न प्रकारका तरकारी पोखेर प्रदर्शन गरेका हुन् । 

किसान संघर्ष समिति मार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । पुलचोकमा घिउसीमी, गोलभेंडा, फर्सी , गाँजर, काउली, बन्दा लगायतका तरकारी सडकमा पोखेर प्रदर्शन गरेका थिए । 

संघर्ष समितिका संयोजक लेखनाथ भुषालले बिदेशको आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले बजारमा मूल्य पाउन नसकेको बताए । उनले सरकारलाई साना किसानको आँसुले पोल्दैन ? भनेर प्रतिप्रश्न पनि गरे ।

उनका अनुसार जिल्लामा १ हजार ५०० हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । अहिले भारतीय तरकारीले नेपालको बजार मूल्यमा गिरावट ल्याएको भन्दै उनले आयात रोक्न सरकारले ध्यान नदिंदा नेपाली कृषक समस्यामा परेको बताए ।

किसानहरुले पटक - पटक  संघीय, प्रादेशिक र स्थानीय सरकार संग आयात रोक्न आग्रह गर्दा समेत सुनुवाई नभएको उनको भनाइ छ । जिल्लामा दैनिक ३०० टन तरकारी उत्पादन हुँदै आएको छ ।

यस्तै पाँच बिघाभन्दा माथि क्षेत्रफलमा तरकारी खेती गर्ने किसान १०० जना र एक बिघाभन्दा माथि क्षेत्रफलमा तरकारी खेती गर्ने किसान ३०० जना रहेको उनले जानकारी दिए । उनका अनुसार यहाँ उत्पादित तरकारी चितवनसहित काठमाडौं, पोखरा र भैरहवामा खपत हुँदै आएको छ । उत्पादित तरकारीले बजार मूल्य नपाउँदा सडकमा तरकारी फाल्नु परेको उनको गुनासो रहेको छ । 

अर्का किसान अविन्द्र सुवेदीले किसानको आवाज राज्यले नसुन्दा सडकमा तरकारी पोखेर आन्दोलन गर्नुपरेको बताए । राज्यले किसानलाई व्यवस्थित गर्ने कि विस्थापित गर्ने भन्ने बिषयमा ध्यान दिन नसक्दा तरकारी सडकमा पोख्नु परेको उनको भनाइ छ । कृषकले पुलचोकमा पाँच ट्याक्टर तरकारी पोखेर सांकेतिक विरोध गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)